फेसबुकमा नगर्नुहोस् यस्ता गल्ती, अन्यथा ब्लक हुनसक्छ तपाईँको अकाउन्ट

काठमाडौं । स्मार्टफोन अहिलेको समयमा हाम्रो जीवनकै अहम् हिस्सा बनिसकेको छ । सँगसँगै मानिसहरूमा सामाजिक सञ्जाल प्लेटफर्मको समेत क्रेज उल्लेखनीय रुपमा बढेको छ ।

यस्तो लाग्छ कि तपाईँले हरेक व्यक्तिलाई सामाजिक सञ्जालमा फेला पार्न सक्नुहुन्छ । यस्तोमा यदि तपाईँ पनि फेसबुकमा हुनुहुन्छ र दैनिक यसको प्रयोग गर्नुहुन्छ भने तपाईँका लागि केही महत्त्वपूर्ण कुराहरू बताउँदै छौँ ।

किन भने यी विषयलाई यदि तपाईँले नजरअन्दाज गर्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट ब्लक समेत हुनसक्छ ।

१. कसैसँग पनि यस्ता कुरा नगर्नुहोस्ः

फेसबुक मेसेन्जरमा यदि तपाईँ कसैसँग च्याट  गर्नुहुन्छ वा कुनै पोस्टमा कमेन्ट आदि लेख्नुहुन्छ भने त्यस्तो बेलामा सदैव यो कुरामा ध्यान दिनुहोस् कि कसैलाई पनि ज्यान लिने वा हिंसा निम्त्याउने जस्तो धम्कीको भाषा प्रयोग नगर्नुहोस् । यदि तपाईँले त्यसो गरेको पाइएमा तपाईँको फेसबुक अकाउन्ट नै ब्लक हुन सक्छ ।

२. यस्ता पोस्ट नगर्नुहोस्ः

फेसबुकको नीति तथा कम्युनिटी स्ट्यान्डर्ड निकै कडा छ । यदि तपाईँ कुनै पनि प्रकारका भड्काउ पोस्ट वा कुनै आपत्तिजनक भिडिओ तथा फोटो शेयर गर्नुहुन्छ, मानिसहरूबीच कुनै पनि प्रकारले घृणा फैलाउने काम गर्नु हुन्छ भने यस्तो अवस्थामा तपाईँ विरुद्ध कानूनी कारबाहीका साथै अकाउन्ट समेत ब्लक हुन सक्छ ।

३. यस प्रकारका गतिविधिमा सहभागी नहुनुहोस्ः

यदि तपाईँ फेसबुकको माध्यमबाट कुनै आतङ्कवादी सङ्गठनसँग जोडिएको वा कुनै पनि आतङ्ककारी गतिविधिमा सामेल भएको पाइएमा तपाईँ विरुद्ध कानूनी कारबाहीका साथै अकाउन्ट ब्लक हुनसक्छ । 

साथै हातहतियार तथा हात हतियारका पाटपुर्जा, गोलाबारुद, विस्फोटक पदार्थ, गैर मेडिकल औषधी, फर्मास्युटिकल औषधी, गाँजा, बन्यजन्तु, मानव रगत, मदिरा तथा सुर्ती, शरीरको तौल घटाउने उत्पादन, ऐतिहासिक कलाकृति, हानिकारक वस्तुको खरिद बिक्री समेत फेसबुकमा नगर्नुहोस् ।



from Tech News Nepal https://ift.tt/j0KmAhD
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प