पर्सा र बाराका निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरे


वीरगंज, ९ जेठ । पर्साका १४ पालिका मध्ये निर्वाचन नजिता आइसकेको १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरूले आज सपथ ग्रहण गरेका छन् । सोमवार पर्साको जिल्ला समन्वय समितिको सभा हलमा नवनिर्वाचित पालिका प्रमुखहरूले सपथ ग्रहन गरेका छन् ।
बारामा निर्वाचित पालिका प्रमुखले लिए सपथ
बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आइतवार सपथ लिएका छन् । जिल्ला न्यायधीश एवम् मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।
कलैयास्थित जिल्ला अदालतमा आयोजित कार्यक्रममा मतगणना सम्पन्न भएको जिल्लाको १५ वटा स्थानीय तहमध्ये १० पालिकाका प्रमुख उपस्थित थिए । उपस्थित प्रमुख तथा अध्यक्षलाई सपथ गराउँदै रेग्मीले जनताको सेवामा समर्पित हुन सुझाव दिए ।
कार्यक्रममा गृह मन्त्रालयबाट खटिएको केन्द्रीय टोलीका प्रतिनिधिसहित बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, जिल्ला निर्वाचन अधिकारी सरोज चौधरी, सुरक्षा निकायका प्रमुख, विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृतलगायतको उपस्थिति रहको थियो ।
जिल्लाको १६ स्थानीय तहमध्ये हालसम्म १५ स्थानीय तहको अन्तिम मतपरिणाम आईसकेको छ भने पचरौता नगरपालिकामा मतगणना जारी छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प