स्पेससुटबाट पानी चुहिएपछि अन्तरिक्ष बाहिर घुम्न रोक

काठमाडौं । अन्तरिक्षयात्रीहरूले प्रयोग गर्ने पोसाक अर्थात स्पेससुटमा खराबी आएपछि नासाले केही समयका लागि स्पेसवाकमा रोक लगाएको छ ।

अन्तरिक्षमा रहँदा अन्तरिक्षयात्रीहरू एक प्रकारको हेलमेट प्रयोग गरेर अन्तरिक्षयानबाट बाहिर गएर अन्तरिक्षमा डुल्ने गर्छन् । यही गतिविधिलाई स्पेसवाक भनिन्छ ।

अन्तरिक्षयात्रीहरूको हेलमेटभित्र पानी चुहावट हुने समस्या आएपछि नासाले यो समस्या समाधान नहुँदासम्म अन्तरिक्ष यात्रामा रोक लगाउने घोषणा गरेको हो ।

यही मार्चमा एक्स्ट्रा भेकुलर एक्टिभिटिज (EVA) को समयमा यो समस्या आएको थियो । स्पेसवाकको क्रममा हेलमेट पानीले भरिएको यो पहिलो पटक भने होइन ।

तर अन्तरिक्षयात्रीको लागि भने यो जीवन र मरणबीचको कुरा हो । इन्टरनेसनल स्पेस स्टेसन (आईएसएसमा) को यात्रामा प्रयोग हुने स्पेससुटहरू पुरानो भएकाले अब प्रयोग गर्न लायक नभएको नासाले जिकिर गरेको छ ।

नासाले अहिले प्रयोग गर्ने स्पेससुटहरू ४० वर्षभन्दा पुरानो भइसकेका छन् भने पूर्ण रूपमा कार्यात्मक स्पेस सुटहरू सकिँदै गएको देखिन्छ । 



from Tech News Nepal https://ift.tt/cCveYWO
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प