टाटा नेक्सन ईभीको डार्क एडिसन आगामी हप्ता नेपाल भित्रिने
काठमाडौं । विद्युतीय कार टाटा नेक्सन ईभीको डार्क एडिसन आउँदाे हप्ता नेपाल भित्रिने भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसलाई नेपाली ग्राहकमाझ उपलब्ध गराउने भएको हो ।
कम्पनीले ११ महिनाअघि नेक्सन ईभी नेपालमा सार्वजनिक गरेको थियो । त्यसैको लिमिटेड एडिसनका रुपमा कम्पनीले नेक्सन ईभी डार्क भित्र्याउन लागेको कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर निर्मल खत्रीले जानकारी दिए ।
डार्क एडिसन ग्राहकबाट राम्रो संख्यामा माग भइरहेको जानकारी दिँदै खत्रीले भने, ‘यसका लागि कम्पनीले पछिल्लो सात महिना देखि तयारी गरेको थियो । तर भारतमा यो कारको माग अत्यधिक हुँदा कार निर्माता कम्पनी टाटा मोटर्सले नेपाल आपूर्ति गर्न सकेको थिएन । अब भने आगामी साता डार्क एडिसन नेपाल भित्रिने भएको छ ।’
नेक्सन इभीको डार्क एडिसनमा पनि नेक्सन इभीमा जस्तै ३०.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान भएको छ भने ९५ किलोवाट क्षमताको मोटर राखिएको छ । कारको ब्याट्री परीक्षण गर्ने संस्था एआरएआईका अनुसार यो कार एकपटकको फुल चार्जमा अधिकतम ३ सय १२ किलोमिटर गुड्छ ।
गाडीको पावर, ब्याट्री, रेन्ज, मोटर लगायतका कुनै पनि फिचरमा फरक छैन । तर गाडीको भित्री भाग ‘इन्टेरियर डिजाइन’ मा भने डार्क थिमका लेदर सिटहरू उपलब्ध रहेका छन् । साथै, गाडीको सबै भित्री भाग डार्क थिममा डिजाइन गरिएको छ ।
यो कारमा सिट बेल्ट पनि साटन ब्ल्याक नै रहेको छ। नेक्सन ईभीको डार्क एडिसनमा पनि सिग्नेचर एलईडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो ब्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, टायर प्रेसर मनिटरिङ सिस्टम ‘टीपीएमएस’, बडी कलर डोर ह्यान्डल लगायतका फिचर उपलब्ध रहेका छन् ।
यो एडिसनको कारमा १६ इन्चको प्रिमियम ब्ल्याक अलोय ह्विल रहेको छ । कम्पनीले पहिलो चरणमा २० युनिट गाडी ल्याउने भएको छ भने यसको मूल्य भने निर्धारण नभएको कम्पनीले जनाएको छ ।
from Tech News Nepal https://ift.tt/kx4GXbl
via IFTTT
Comments
Post a Comment