मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भानु नगरपालिका–९ निवासी ४५ वर्षीया तारा थापा रहेकी छन् ।
सोमबार मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट थापालाई करेन्ट लागेको थियो ।
घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
from Tech News Nepal https://ift.tt/xsYu24F
via IFTTT
Comments
Post a Comment