सब्सक्राइबर घटेसँगै नेटफ्लिक्सले निकाल्यो थप तीन सय कर्मचारी

काठमाडौं । ठूलो संख्यामा सब्सक्राइबर घटेपछि नेटफ्लिक्सले कर्मचारी कटौती गर्न थालेको छ । कम्पनीले दोस्रो चरणको रुपमा बिहीबार थप तीन सय कर्मचारी कटौती गरेको हो । यसअघि कम्पनी अमेरिकास्थित क्यालिफोर्नियामा कार्यरत १५० जना कर्मचारी हटाएको थियो ।

दोस्रो चरणको कर्मचारी कटौतीमा पनि धेरै जसो अमेरिकामा कार्यरत नै रहेको जनाइएको छ । अमेरिका बसी अन्तर्राष्ट्रिय भूमिकामा कार्यरत कर्मचारी निकालिएको जनाइएको छ ।

कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तीन सय कर्मचारी कटौतीको विषयमा जानकारी दिएको हो । ‘आज हामीले दुखका साथ तीन सय कर्मचारीलाई बिदाई गरेका छौं,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको घट्दो आम्दानीलाई मध्यनजर गरेको यो कदम चाल्नु पर्ने अवस्था सिर्जन भएको हो ।’

कोभिड–१९ सँगै बढेको सब्सक्राइबर संख्या पछिल्लो समय लगातार घटिरहेको छ । सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको सब्सक्राइबर संख्या तीन लाखभन्दा बढीले घटेको छ । भने, आगामी दिनमा थप प्रयोगकर्ता गुमाउने आँकलन समेत गरिएको छ । यस्तोमा कम्पनीले खर्च कम गर्ने योजनाका साथ कर्मचारी कटौती गर्न थालेको हो । 



from Tech News Nepal https://ift.tt/9EwqnzW
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प