फिल्म डाउनलोड गर्न मिल्ने टोरेन्ट साइटमाथि भारतको प्रतिबन्ध

काठमाडौं । भारत सरकारले फिल्म डाउनलोड गर्ने टोरेन्ट साइट ‘मुभिजवाप’ माथि प्रतिबन्ध लगाएको छ । यो टोरेन्ट साइटमार्फत बलिउड, हलिउड लगायतका फिल्महरू एचडी तथा अन्य फर्म्याटमा डाउनलोड गर्न सकिन्थ्यो ।

‘मुभिजवाप’ ले हालै सार्वजनिक भएका फिल्महरू विभिन्न भाषामा डबिङ गर्दै वेबमा राखेको पाएसँगै सरकारले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मुभिजवापले प्रयोगकर्तालाई सिधै डाउनलोड गर्ने लिंक उपलब्ध गराउँदै आएको थियो । अन्य टोरेन्ट साइटहरुको हकमा उनीहरूले डाउनलोडका लागि अन्य साइडमा पुर्‍याएर त्यहाँबाट मात्रै फिल्म डाउनलोड गर्न दिन्छन् ।

तर, मुभिजवापले भने आफैंले फिल्म डबिङ गरी वेबसाइटमा अपलोड गर्ने गरेकाे पाइएकाे छ ।



from Tech News Nepal https://ift.tt/OfNDRUW
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प