फेसबुक र इन्स्टाग्रामले हटाए गर्भपतनका औषधि सम्बन्धी पोस्ट

काठमाडौं । फेसबुक र इन्स्टाग्रामले प्रक्रियागत रुपमा महिलाहरूलाई गर्भपतन गर्ने औषधिहरू सुझाव दिने पोस्टहरू हटाउन थालेका छन् ।

अमेरिकी सरकारले गर्भपतनमा रोक लगाउने निर्णय गरेसँगै मेटा अन्तर्गतका यी सामाजिक सञ्जालले महिलालाई गर्भपतन गर्न प्रोत्साहन गर्ने पोस्टहरू हटाउन थालेका हुन् ।

गर्भपतनका लागि सेवन गर्ने औषधिहरू कहाँ पाइन्छ, कस्तो हुन्छ लगायत योसँग सम्बन्धित विभिन्न पोस्टहरू हटाइने मेटाले जनाएको छ ।

अमेरिकी कानूनमा गर्भपतनलाई वैधानिकता दिएको भएपनि सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई उल्टाउने निर्णय गरेको हो ।

यही निर्णयलाई समर्थन गर्दै मेटाले गर्भपतनसँग सम्बन्धित पोस्टहरू हटाउन सुरु गरेको हो ।



from Tech News Nepal https://ift.tt/BkY6uGZ
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प