पत्नीलाई तर्साउन पेस्तोल छतमा चलाएपछि

जनकपुरधाम, १४ असार । पत्नीलाई तर्साउन भन्दै पतिले घरको छतमा गई गोली चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीसँग विवाद भएपछि गोली चलाएको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकमा बस्ने ३७ वर्षीय मनिष अधिकारी पक्राउ परेको छ । अटो पिस्टन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका अधिकारीलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प