यूएईकाे लुलु इन्टरनेसनल एक्सचेन्जबाट अब सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । यूएईमा रहेका नेपालीले अब लुलु इन्टरनेसनल एक्सचेन्जबाट ईसेवा वालेटमा पैसा पठाउनसक्ने भएका छन् । हालै ईसेवा मनी ट्रान्सफरले लुलुसँग रेमिट्यान्स सम्झौता गर्दै यो सुविधा थप गरेको हो ।

योसँगै अबुधाबी, दुबई, सारजाह लगायत यूएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलुमार्फत नेपालमा रेमिट्यान्स् पठाउन सक्नेछन् । पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गर्दा अतिरिक्त रु. ७७ बोनस रकमसमेत पाइने ईसेवा मनी ट्रान्सफरले जनाएकाे छ ।

यूएईभर रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई ईसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । साथै लुलु इन्टरनेसनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन मिल्ने बताइएकाे छ ।

लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेको ईसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । त्यस्तै १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी ईसेवाका क्याश प्वाइन्टमार्फत पनि रकम झिक्न सकिनेछ ।



from Tech News Nepal https://ift.tt/ETdIWse
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प