खाबे लामे बने टिकटकमा सबैभन्दा धेरै फलोअर हुने व्यक्ति

काठमाडौं । चर्चित टिकटकर खाबे लामे टिकटकमा सबैभन्दा बढी फलोअर हुने व्यक्ति भएका छन् । सेनेगलमा जन्मिएका २२ वर्षीय खाबेले अमेरिकी टिकटक स्टार चार्ली डमेलियोलाई उछिन्दै टिकटकमा सबैभन्दा बढी फलोअर कमाउन  सफल भएका हुन् ।

खाबेका हाल १४ करोड ३१ लाख फलोअर रहेका छन् । भने, डमेलियोका १४ करोड २३ लाख फलोअर छन् । सेनेगलमा जन्मिएको भएपनि खाबे इटालीमा बस्छन् । कोरोना महामारीको बेला इटलीले पहिलो लकडाउन घोषणा गर्‍यो, तब टरेन सहरमा काम गर्ने खाबे लामेले आफ्नो जागिर गुमाए ।

नयाँ जागिरको खोजीको क्रममा रहँदा उनले त्यो महामारीको बेला समय कटाउन टिकटक बनाउन सुरु गरे । उनले सुरुमा नाच्ने, भिडिओ गेमहरू हेर्ने लगायत अन्य कमेडी भिडिओहरू बनाउन थाले । त्यतिन्जेल उनी त्यति चर्चित भइसकेका थिएनन् ।

त्यही क्रममा उनले टिकटकमा भएका लाइफ ह्याक भिडिओ अर्थात् दैनिक जीवनको कामलाई सहज बनाउनको लागि बनाइने भिडिओहरूको मजाक बनाएर टिकटक भिडिओ बनाउन सुरु गरे ।उनका यस्ता भिडिओहरूलाई मान्छेले धेरै मन पराउन थाले र एकाएक उनी टिकटकमा चर्चित हुँदै गए ।

टिकटक मात्र होइन, अन्य सामाजिक सञ्जालहरूमा पनि उनको चर्चा हुन थाल्यो । रोचक कुरा त के छ भने आज सम्म उनले आफ्नो कुनै पनि भिडिओमा एक शब्द पनि बोलेका छैनन् । तर, पनि आज उनी टिकटकमा विश्वकै सबैभन्दा बढी फलोअर हुने व्यक्ति भएका छन् ।

केही नबोली एकाएक टिकटकमा यसरी लोकप्रिय बने खाबे लामे



from Tech News Nepal https://ift.tt/qG3iBNY
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प