फेसबुक र इन्स्टाग्राममा विज्ञापन कम आउँदा मेटाको आम्दानी घट्यो

काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन कम हुँदा यी प्लेटफर्मकाे अभिभावक कम्पनी मेटाको आम्दानी घटेको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकमा विज्ञापन कम हुँदा अघिल्लो वर्षको साेही अवधिकाे तुलनामा कम्पनीको आम्दानी एक प्रतिशतले घटेको हो, जुन कम्पनीको इतिहासमै पहिलो पटक भएको दावी गरिएको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकमा कम्पनीले २८.८ अर्ब डलर आम्दानी गरेको छ । साथै आगामी त्रैमासिकमा पनि कम्पनीको आम्दानी थथ घटेर २६ अर्बमा पुग्ने आँकलन गरिएको छ ।

हाल फेसबुकले विश्वको कुल विज्ञापन बजारको २० प्रतिशत ओगट्दै आएको छ ।

यस्तोमा टिकटकको बढ्दो प्रयोग र त्यसमा हुने विज्ञापनको असर फेसबुकमा देखिएको हाे ।

सँगै महामारीका कारण ई-मर्स कम्पनीले विज्ञापनमा गर्ने लगानीमा समेत कमी आएको छ । त्यसले पनि केही रुपमा कम्पनीको आम्दानीमा असर परेको छ ।

योसँगै कम्पनीले कर्मचारी थप गर्ने क्रमलाई कम गर्ने बताएको छ ।



from Tech News Nepal https://ift.tt/6hn7SLa
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प