एसईई नतिजा हेर्ने विभिन्न तरिका
काठमाडौं । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको गरेको छ ।
हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं ।
नतिजा सार्वजनिक भएपछि अनलाइनबाट हेर्न केही समय लाग्छ । त्यसका लागि नतिजा आउनेबित्तिकै एसएमएसबाट हेर्न सकिन्छ ।
मेसेज गरेर नतिजा हेर्ने तरिका
एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
- त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस् ।
- त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600) मा पठाउनुहोस् ।
- त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ ।
त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।
त्यसैगरी इजी सर्भिस प्रा.लिमार्फत एसएमएसमा नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३४९४९ मा एसएमएम पठाउनुहाेस् ।
त्यस्तै आकाश टेक प्रालिमार्फत एसएमएसमा एसईई नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३१००३ मा एसएमएस पठाउन सकिनेछ ।
एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ । यदि सम्पूर्ण विषयको ग्रेड थाहा पाउनु छ भने अनलाइनबाट हेर्नुपर्ने हुन्छ ।
अनलाइनबाट नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यलयले नौ ओटा साइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।
त्यसपछि तल उल्लेखित साइटबाट हेर्न सक्नुहुन्छ ।
-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दशबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-स्प्यारो पे प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-नीमा एडुकेसन फाउण्डेसन प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-द कनेक्ट प्लस प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-ईडीयू सञ्जालबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
रिडर्स पोइन्ट प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
from Tech News Nepal https://ift.tt/qML6517
via IFTTT
Comments
Post a Comment