कम्प्युटरमा हेडफोन सपोर्ट गरेन ? यसो गर्नुहोस्
काठमाडौं । हामी दैनिक कम्प्युटरमा अभ्यस्त भइरहँदा विभिन्न समस्याको सामना गरिरहेका हुन्छौं । कहिले कम्प्युटर ढिलो चलिरहेको हुन्छ भने कतिपय अवस्थामा डिभाइसहरूले काम गरेका हुँदैनन् ।
यी तमाम समस्यामध्ये प्रायः प्रयोगकर्ताले सामना गरिरहेको समस्या हो, विन्डोजमा हेडफोन सपोर्ट नगर्ने । हेडफोन प्रयोग गरेर अडियो सुन्न खोज्दा कतिपय अवस्थामा हेडफोनमा आवाज नआई कम्प्युटरमा बजिरहेको हुन्छ ।
हामीलाई हेडफोनमा समस्या भएको हो या सिस्टममको समस्या हो, छुट्टाउनै सकस परिरहेको हुन्छ । कतिपय अवस्थामा त हामी हेडफोन ज्याकमा पो समस्या भएको हो कि भन्ने द्विविधामा परिरहेका हुन्छौं ।
त्यसलाई मिलाउन खोज्दा एकातर्फ हाम्रो काम सफल भइरहेको हुँदैन भने अर्कोतर्फ समय बेर्थै बितिरहेको हुन्छ ।
आज हामी विन्डोजमा हेडफोन प्रयोग गर्दा आवाज नआउने वा भनौँ हेडफोन सपोर्ट नगर्ने समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।
त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिले विन्डोजको सर्च बारमा गएर डिभाइस मेनेजर (device manager) सर्च गर्नुहोस् ।
- अब डिभाइस मेनेजरमा क्लिक गर्नुहोस् ।
- त्यसपछि तलपट्टि रहेको साउन्ड, भिडिओ एण्ड गेम कन्ट्रोलर (Sound, Video and game controllers) को अगाडि रहेको एर्रोमा क्लिक गर्नुहोस् ।
- त्यसको तल दुईवटा अप्सन देखिन्छन् । एउटा इन्टेल (आर) डिस्प्ले अडियो, अनि अर्को रियलटेक (आर) अडियो ।
- अब दोस्रो अप्सनको रियलटेक (आर) अडियोमा राइट क्लिक गर्नुहोस् ।
- त्यसपछि त्यहाँ अनइन्स्टल डिभाइसको अप्सनमा क्लिक गर्नुहोस् ।
- अब डिभाइस स्वतः रिस्टार्ट हुन्छ । यदि भएन भने आफैँले रिस्टार्ट गर्नुहोस् ।
- रिस्टार्ट भइसकेपछि केही समय पर्खनुहोस् । त्यसपछि हेडफोन सपोर्ट नहुने समस्या समाधान हुन्छ ।
from Tech News Nepal https://ift.tt/dvWSMLs
via IFTTT
Comments
Post a Comment