आउँदो सेप्टेम्बरमा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज

काठमाडौं । ह्वावेले मेट सिरिज आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ । कम्पनीले याे सिरिज अन्तर्गत ह्वावे मेट ५०, मेट ५० प्रो र मेट ५० आरएस गरी तीन माेडल ल्याउने छ ।

यी फोनहरूमा हार्मोनी ओएस ३.० सहित नयाँ चिपसेट प्रयोग गरिने बताइएको छ । बाहिरिएका जानकारी अनुसार यी तीनओटै फोनहरूमा किरिन ९०००एस चिपसेट प्रयोग गरिएको छ ।

यसको अर्थ यी फोनहरूले फोरजी मात्र सपोर्ट गर्नेछन् । 

खबर अनुसार मेट ५० मा पन्च होल क्यामेरा उपलब्ध हुनेछ भने मेट ५० प्रोमा फेस स्क्यानिङ फिचर उपलब्ध हुनेछ ।

ह्वावेको हार्मोनी ओएस ३.० उपलब्ध हुने मेट सिरिजका फोनहरू पहिलो फोन हुनेछ । स्मार्टफोनको बारेमा अन्य जानकारी उपलब्ध भइसकेकाे छैन ।



from Tech News Nepal https://ift.tt/0BtmQjO
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प