सामसङले ल्यायो अहिलेसम्मकै शक्तिशाली ३ नानोमिटर चिप

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अहिलेसम्मकै परिष्कृत तथा अब्बल चिपको रुपमा घोषणा गरेको ३ नानोमिटरको सेमिकन्डक्टर बजारमा उपलब्ध गराएकाे छ ।

कम्पनीले साेमबारदेखि बजारमा याे सेमिकन्डक्टर आपूर्ति गराउन थालेकाे हाे । यो नयाँ पुस्ताको ३ ३ एनएम चिप ‘गेट-अल-अराउन्ड’ प्रविधिमा आधारित छ ।

कम्पनीका अनुसार अन्य चिपको तुलनामा यसले ३५ प्रतिशत कम स्थान ओगट्छ । साथै अरूले भन्दा ३० प्रतिशत बढी राम्रो पर्फर्मेन्स दिने दाबी गरिएकाे छ ।

यो चिपले ५० प्रतिशत कम ब्याट्री प्रयोग गर्ने कम्पनीकाे भनाइ छ ।

राम्रो क्षमताको चिप आवश्यक भएका कम्पनीहरूका लागि सामसङको यो उत्पादन नयाँ आकर्षणको रुपमा रहने अनुमान गरिएको छ ।

यो प्रविधिका लागि कम्पनीले सन् २००० देखि २०१७ सम्म काम गरेकाे थियाे । ३ एनएम चिपको आपूर्ति सुरु भइसक्दा कम्पनीले २ एनएम चिप निर्माणमा काम पनि सुरु गरिसकेको छ ।

कम्पनीले सन् २०२५ सम्ममा २ एनएम चिप तयार पार्ने योजना बनाएको छ ।



from Tech News Nepal https://ift.tt/itkW0Bw
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प