फोरजीको गुणस्तर बढाउन लोकल क्यासलाई स्तरोन्नति गर्दै टेलिकम

काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवाको गुणस्तर बढाउन लोकल क्यास स्तरोन्नति गर्न थालेको छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले लोकल क्याश स्तरोन्नति गरी फोरजीको गुणस्तर सुधार्ने काम भइरहेको जानकारी दिए ।

‘हामी लोकल क्यासलाई स्तरोन्नति गर्दै फोरजी डेटाको गुणस्तर बढाउन लागिपरेका छौं,’ बैठकमा पौडेलले भने ।

साथै उनले सहरी क्षेत्रमा टावर राख्न घर नपाइएको भन्दै हलुका र साना टावर भित्र्याएर सेवा विस्तार गर्नतर्फ अध्ययन थालिएको समेत जनाए ।



from Tech News Nepal https://ift.tt/tzKUbDd
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प