स्मार्टफोनलाई यसरी पढ्न लगाउनुहोस् आफूले चाहेको लेख वा समाचार
काठमाडौं । तपाईँ यो सामग्री किन पढिरहनु भएको छ ? हामी धेरैले जस्तै तपाईँले पनि यो समाचार सामग्री आफ्नो स्मार्टफोनबाटै पढिरहेको हुनसक्ने सम्भावना धेरै छ ।
चाहे तपाईँसँग आईफोन होस् अथवा एन्ड्रोइड, तपाईँले आफ्नो स्मार्टफोनलाई लेखिएका अक्षरहरूलाई चर्को स्वरमा पढ्न लगाउन सक्नुहुन्छ । त्यसैले यो सामग्री तपाईँ आफैँले पुनः पढिरहने झन्झट गर्नुपर्दैन ।
स्मार्टफोनमा हुने यो फिचरलाई ‘टेक्स्ट टु स्पिच’ (अक्षरलाई बोलीमा उतार्ने) तथा टीटीएस (TTS) भन्ने गरिन्छ । टीटीएसले तपाईँको स्क्रिनमा भएका अक्षर तथा भागलाई हाइलाइट गर्छ र त्यस्ता भागलाई चर्को स्वरमा पढ्ने गर्दछ ।
यो आफैँमा महत्त्वपूर्ण ‘एक्सेसिबिलिटी’ (पहुँचयोग्य बनाउने) फिचर हो । त्यसका साथै आफ्ना लागि फोनलाई पढ्न लगाउन चाहनेहरूका लागि पनि यो फिचर उपयोगी छ ।
टीटीएस एउटा रमाइलो विकल्प हो र यसलाई सक्रिय तुल्याउन पनि त्यति गाह्रो छैन । यद्यपि यो फिचर तपाईँको स्मार्टफोनमा कहिँकतै हलुका तवरले लुकेको भने हुनसक्छ ।
एन्ड्रोइडमा टेक्स्ट टु स्पिचः
यो सामग्री तयार पार्दा हामीले चाहिँ साओमी फोन प्रयोग गरेका छौँ । यदि तपाईँ कुनै अर्को ब्रान्डको स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने यसको तरिका त्यसमा केही सामान्य फरक हुनसक्छ ।
त्यसका साथै एन्ड्रोइडको भर्सनले पनि यो केही तलमाथि पर्नसक्छ । तपाईँले एन्ड्रोइडमा सेटिङ, एडिसनल सेटिङ हुँदै एक्सेसिबिलिटीमा पुग्नुपर्ने हुन्छ ।
त्यसपछि त्यसको भिजन खण्डबाट तपाईँले ”सेलेक्ट टु स्पिक” (Select to Speak) हुँदै “सेलेक्ट टु स्पिक शटकट” (Select to Speak shortcut) को बटन अन गरी पप-अपमा ‘अलाउ’ मा थिच्नुहोस् र ‘ओके’ (OK) गर्नुहोस् ।
यति गरेसँगै तपाईँले आफ्नो फोनको डिस्प्लेमा सानो शर्टकर्ट देख्न सक्नुहुनेछ । जब तपाईँ उक्त शटकर्ट बटनमा दबाउनु हुन्छ, एउटा मेनु देखा पर्छः जसमा सुरुमा तपाईँले एउटा ‘एरो’ (तीर जस्तो) सँगै ‘प्ले बटन’ र एउटा ठूलो ‘रिड स्टप बटन’ देख्नुहुनेछ ।
एरोमा थिच्नु भयो भने स्क्रिनलाई नियन्त्रण गर्ने विकल्पको सूचीमा विस्तार भएको देख्नुहुनेछ । जसमा गति घटाउनका लागि माइनस (घटाउ) बटन, स्क्रिनमा रहेको निश्चित भाग छोडेर अगाडि बढ्नका लागि स्किप बटन र पढाइको गति बढाउन प्लस अर्थात जोड गर्ने बटन समेत रहेका छन् ।
यसलाई प्रयोग गर्न सेलेक्ट टु स्पिकको शर्टकट बटनमा थिच्नुहोस् र आफूले पढ्न चाहेका अक्षरमाथि आफ्नो औँला लैजानुहोस् । यति गरेपछि तपाईँले अक्षरलाई छोपेको हरियो रङ्गको बक्स देख्नुहुनेछः जब तपाईँ त्यसलाई यत्तिकै छोड्नुहुन्छ, सेलेक्ट टु स्पिकले पढ्न थाल्दछ ।
जसलाई तपाईँ एरो बटनमा थिचेर नियन्त्रण गर्न तथा स्टप बटन थिचेर त्यसलाई रोक्न सक्नुहुन्छ । यदि तपाईँ ‘सेलेक्ट टु स्पिक’ सेटिङको पेजमा जानु भयो भने त्यहाँ तपाईँले सेटिङ्स भित्र ‘रिड इन ब्याकग्राउन्ड’ (पेजबाट बाहिरिँदा समेत पढिरहने), ‘रिड टेक्स्ट अन इमेज’ (क्यामेराको भ्यु फाइन्डरबाट तस्वीरमा भएका अक्षरहरू पढ्ने) जस्ता थप विकल्प पनि पाउनु हुनेछ ।
यी दुवै फिचर परीक्षणको रूपमा रहेकाले यहाँबाट तपाईँको चाहना पूरा नहुन पनि सक्छ ।
आईफोनमा के गर्ने ?
तपाईँले आफ्नो आईफोनको सेटिङ हुँदै एक्सेसिबिलिटी भित्र गएर स्पोकन कन्टेन्टमा टीटीएस पाउन सक्नुहुनेछ । त्यहाँ तपाईँका लागि दुई ओटा विकल्प हुनेछन् ।
या त तपाईँले स्पिक सेक्सन छान्नुपर्ने हुन्छ, जसले खासगरी तपाईँले चर्को स्वरमा पढ्न चाहेका निश्चित अक्षरहरूलाई हाइलाइट गर्न दिनेछ । अर्को भनेको स्पिक स्क्रिन हो, यसमा चाहीँ जब तपाईँले दुई औँलाले स्क्रिनलाई माथिबाट तलतर्फ स्वाइप गर्नुहुन्छ, स्क्रिनमा रहेका सम्पूर्ण सामग्री पढ्ने सुविधा हुन्छ । तपाईँले त्यस्तै समान किसिमका अन्य नियन्त्रण समेत भेट्नु हुनेछ ।
हातको आइकनमा थिच्नु भयो भने तपाईँ आफूले स्क्रिनमा चाहेको स्थानमा ट्याप गरी उक्त भागमा रहेका अक्षरहरू पढ्न सक्नुहुन्छ । स्किप बटनले स्क्रिनमा भएका विभिन्न खण्डहरूमा जाने विकल्प दिन्छ । यस्तै यो मेनुबाट तपाईँले आईफोनलाई कति छिटो पढ्न लगाउने भन्ने कुरा पनि तय गर्न सक्नुहुन्छ ।
from Tech News Nepal https://ift.tt/qRXN4Vz
via IFTTT
Comments
Post a Comment