ज्योति विकास बैंकको भिडिओ बैंकिङ सेवा

काठमाडौं । ज्योति विकास बैंकले भिडिओ बैंकिङ सेवा सार्वजनिक गरेको छ ।

सोमबार स्थापनाको .१४औं वार्षिकोत्सव मनाउँदै बैंकले अनलाइनबाटै खाता सञ्चालन गर्न सकिने सेवा सहितको भिडिओ केवाईसी सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोल्न सकिने र तत्काल खाता सञ्चालन गर्न सकिने सेवा सहितको भिडियो केवाईसी सुरु गरिएको छ ।

योसँगै देश तथा विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनबाट खाता खोल्न पाउने बैंकले जनाएको छ ।

बैंकले हाल देशभर ११९ ओटा शाखा कार्यालय, तीन ओटा विस्तारित काउन्टर तथा ६५ ओटा एटीएमबाट सेवा दिइरहेकाे छ ।



from Tech News Nepal https://ift.tt/ZMI4ias
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प