भदौ २२ मा सार्वजनिक हुँदै आइफोन १४
काठमाडौं । आउँदो सेप्टेम्बर ७ तारिख अर्थात यही भदाै २२ गते बुधबारका दिन एप्पलले आईफोन १४ सिरिज अन्तर्गतका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले एप्पलको लोगो सहितको भिडियो सार्वजनिक गर्दै सेप्टेम्बर ७ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो ।
यसअघिसम्म विभिन्न सञ्चार माध्यमले आईफोन सार्वजनिक हुने मितिको विषयमा विभिन्न आँकलन लगाउँदै आएका थिए ।
अन्ततः कम्पनीले सेप्टेम्बर ७ मै आईफोन १४ सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने जानकारी दिएको हो ।
आईफोन सिरिज एप्पलको सबैभन्दा उत्कृष्ट प्रोडक्टको रुपमा लिइन्छ । यो सिरिजका फोन कम्पनीकै सबैभन्दा बढी बिक्री हुने डिभाइसमा पर्छ ।
त्यो हुँदापनि नयाँ आउने आईफोन १४ कस्तो हुनेछ र त्यसमा के–कस्ता फिचर उपलब्ध हुनेछन् भन्ने विषय धेरैलाई चासो छ ।
कम्पनीले कार्यक्रमको विषयमा जानकारी दिएको भएपनि उक्त दिन कुन–कुन डिभाइस सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् ।
तर, पनि आईफोन १४ सिरिजमा तीन ओटा स्मार्टफोन, म्याक, लो–इन्ड तथा हाई–इन्ड आईप्याड र तीन ओटा एप्पल वाच मोडल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
from Tech News Nepal https://ift.tt/n1BrUQD
via IFTTT
Comments
Post a Comment