अब रेड्मी फोनमा पनि चार्जर नआउने !

काठमाडौं । एप्पल, सामसङ र अन्य केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमा सँगै चार्जर दिन छाडेका छन् । चिनियाँ कम्पनी साओमीले पनि मि ११ सिरिजका फोनहरू चार्जरबिनै बजारमा उपलब्ध गराएकाे थियाे ।

हालै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीको एक मोडल बिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ । भारतीय बजारमा कम्पनीले ‘रेड्मी नोट ११एसई’ सार्वजनिक गरेको छ, जसको बक्समा चार्जर समावेश छैन ।

यो कुरालाई साओमी इन्डियाको आधिकारिक पेजले पनि स्वीकार गरेको छ ।

फोनसँगै यूएसबी-सी केबल, सिम इन्जेक्टर टुल, प्रोटेक्टिभ केस, वारेन्टी कार्ड लगायतका सामग्री भएपनि चार्जर नदिनुले मिडरेन्ज सेगमेन्टमा पनि साओमीले चार्जर उपलब्ध नगराउने तयारी गरेकाे अनुमान गरिएकाे छ ।



from Tech News Nepal https://ift.tt/hRDtE47
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प