साढे ४ लाख बढी पब्जी मोबाइल अकाउन्टमाथि प्रतिबन्ध
काठमाडौं । पब्जी मोबाइल गेमकाे निर्माता कम्पनी टेन्सेन्टले एक साताको अवधिमा पब्जीको साढे चार लाखभन्दा बढी अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे छ ।
कम्पनीले ह्याकिङसँग सम्बन्धित गतिविधिका कारण एकैपटक लाखाैं अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे जनाएको छ ।
टेन्सेन्टले हालै प्रकाशित गरेकाे एन्टी चिट रिपाेर्टमा चार लाख ५९ हजार ४०३ अकाउन्ट बन्द गरिएकाे जानकारी दिइएको छ ।
रिपोर्टअनुसार प्रतिबन्धमा परेका अकाउन्टमध्ये ४६ प्रतिशत अकाउन्टले एक्स-रे भिजन प्रयोग गरेकाे पाइएकाे छ । त्यस्तै अटो एम ह्याक र मोडिफिकेसन अफ एरिया ड्यामेजका कारण ४२ प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।
यसैगरी स्पिड ह्याकका कारण नौ प्रतिशत र अन्य कारण देखाउँदै तीन प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।
कम्पनीले सार्वजनिक गरेकाे रिपोर्टमा प्रतिबन्धमा परेका अकाउन्टहरुको श्रेणीसमेत उल्लेख गरिएकाे छ, जुन यसप्रकार रहेको छ ।
- ब्रोञ्जः ३३ प्रतिशत
- सिल्भरः १८ प्रतिशत
- डाइमन्डः आठ प्रतिशत
- गोल्डः सात प्रतिशत
- एसः १९ प्रतिशत
- कनक्वेररः एक प्रतिशत
- क्राउनः आठ प्रतिशत
- प्लाटिनम: छ प्रतिशत
from Tech News Nepal https://ift.tt/iRz0BvJ
via IFTTT
Comments
Post a Comment