बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे ।

“सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित छ,” टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, “त्यसमा स्ट्यान्ड जोड्नु पनि मोडिफाई गर्नुभित्र पर्छ ।”

बिलबुकको अन्तिम पृष्ठमा जुन कुरा उल्लेख छ, त्यसभन्दा बढी भएमा कारबाही गरिने उनले बताए ।

“मोबाइल हेर्दै बाइक सवारी चलाउँदा दुर्घटना बढ्ने सम्भावना हुन्छ,” उनले भने, “यसै पनि ड्राइभिङ गर्दा मोबाइल फोन प्रयोग गर्नु गैरकानूनी हो । चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेका छन् । एउटा जोखिम त्यो भयो, अर्को भनेको कानून अनुसार राख्नै पाउँदैनन् ।”

अहिले सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको र चाँडै नै सिधै कारबाही प्रक्रियामा जाने उनले जनाए ।

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने उनले बताए ।

यदि थप अटेर गरे वा नियम नमानेकाे पाइएमा यातायात कार्यालय पठाइने उनकाे भनाइ छ ।

“यातायात कार्यालय पठाएको खण्डमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ,” उनले भने ।



from Tech News Nepal https://ift.tt/WPRQEBu
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प