नेपाल आउँदै सामसङ ग्यालेक्सी ए१३

काठमाडौं । सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए१३ स्मार्टफाेन नेपाल भित्रिने भएको छ । मिड रेन्जमा विश्व बजारमा रूचाइएकाे याे फाेनलाई नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध गराउन लागेकाे कम्पनीले जनाएकाे छ ।

विशेषगरी कन्टेन्टमा काम गर्ने युवा पुस्ताका लागी यो स्मार्टफोन उपयाेगी हुने कम्पनीको दाबी छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्या क्यामेरा रहेको छ । एन्ड्रोइड १२ मा आधारित फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । सुरक्षाका लागि नक्स सेक्युरिटी उपलब्ध हुनेछ ।

४ र ६ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने फोन ३२, ६४ र १२८ जीबी रोममा उपलब्ध हुनेछ ।

याे फोनमा १५ वाटकाे फास्ट चार्जिङ सिस्टमसहित ५०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।



from Tech News Nepal https://ift.tt/viwYdVI
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प