सफ्टवेयर डेभलपरका लागि उपयोगी ५ पुस्तक
काठमाडाैं । आजकल हामी धेरैजसाे समय स्क्रिनमा बिताउछाैँ । चाहे भिडिओ हेरेर हाेस् या कुनै समाचार पढेर । अझ तपाईँ सफ्टवेयर डेभलपर हुनुहुन्छ भने त स्क्रिन समय बढी हुने नै भइहाल्याे ।
सफल सफ्टवेयर डेभलपर बन्ने मुख्य सुत्र नै सिकाइकाे भाेकाे हुनु हाे ।
आज हामी सफ्टवेयर डेभलपरले पढ्नैपर्ने पाँच पुस्तकबारे बताउँदै छाैँ ।
१. फाेर्टी एल्गाेरिदम्स एभ्री प्राेगामर सुड नाे (40 Algorithms Every Programmer Should Know)
कम्प्युटर प्राेगामिङमा एल्गाेरिदमकाे भूमिका निकै महत्वपूर्ण हुन्छ । अनेकन् समस्याहरुकाे समाधान एल्गाेरिदमकाे सही प्रयाेगबाट हुन्छ ।
यसकारण पनि प्राेगामर, डेभलपरले एल्गाेरिदमबारे गहिराे ज्ञान राख्न जरुरी छ ।
याे पुस्तकले तपाईंलाई एल्गाेरिदम विकासबारे सीप सीकाउनुका साथै यसले कसरी काम गर्दछ भन्ने ज्ञानसमेत प्रदान गर्दछ ।
याे पुस्तकबाट सिक्न सकिने मुख्य कुरा:
- अपजेक्ट डिटेक्सनका लागि न्यूरल नेटवर्क प्रयाेग गर्न
- नेटवर्क एनलाइज प्रयाेग गर्दै फ्रड डिटेक्सनका लागि ग्राफ एल्गाेरिदम लागू गर्न
- पाइथन लाइब्रेरीहरुमा भएका डेटा स्ट्रकचर र एल्गाेरिदमहरु खाेजी गर्न
- सब्सक्राइबरहरुलाई सान्दर्भिक चलचित्र हेर्न सुझाउने एल्गाेरिदम बनाउन आदि ।
यस पुस्तक प्याकेट प्रकाशनले २०२० मा प्रकाशन गरेकाे हाे भने इमरान अहमदले लेखेका हुन् ।
२. दी प्रागमेटिक प्राेगामर (The Pragmatic Programmer)
सफ्टवेयर डेभलपरकाे क्षेत्रमा तपाईं नयाँ पुरानाे जे भए पनि जब तपाईं याे पुस्तक पढ्नुहुन्छ, प्रत्येक पटक ताजा तथा नयाँ विचार आफूमा आएकाे महसुस गर्नुहुन्छ ।
यस पुस्तकले व्यक्तिगतजिम्मेवारीदेखि करियर विकाससम्मका विषयहरु समेटेकाे छ, जसले तपाईंकाे काेडिङमा सहज, सजिलाे बनाउँदछ ।
याे पुस्तक पढेपछि निम्न कुरा थाहा पाउन सकिन्छ:
- व्यवहारिक (Pragmatic) प्राेगामरहरुकाे समूह बनाउन
- आफ्नाे काम र करियरकाे बारेमा जिम्मेवार बन्न
- लचिलो, गतिशील र अनुकूलनीय काेड लेख्न
- सुरक्षा कमजोरीहरू विरुद्ध गार्ड गर्न
डेभिड थाेमस र एन्ड्रयू हन्टले लेखेका यस पुस्तक एडिसन-वेस्ले प्रोफेसनल प्रकाशन गृहले सन् २०१९ मा प्रकाशन गरेकाे हाे ।
३. सी# ९.० इन अ नटशेल (C# 9.0 in a Nutshell)
सी# ९.० बारे अथवा डटनेट ५ (NET 5) बारे जिज्ञासा भए याे पुस्तक पढ्न आवश्यक छ ।
यसमा सी# ९.० र डट नेट ५ का अवधारणा प्राेगामरहरुलाई सुहाउँदाे तरिकाले राखिएकाे छ, जसका कारण यी विषयमा ज्ञान लिन सजिलाे हुन्छ ।
यस पुस्तक पढेपछि निम्न कुरा गर्न सकिन्छ:
- सी# छिटाे सिक्न Syntax (सिनट्याक्स) र भेरियएबल
- रेगुलर एक्सप्रेसन, नेटवर्किङ, स्पान आदिसँगै डटनेटमा काम गर्न
- लिनक्सबारे गहिराे ज्ञान लिन
जोसेफ अलबहारीले सन् २०२१ मा लेखेका यस पुस्तककाे प्रकाशन ओ’राइली मिडिया इन्कले गरेकाे हाे ।
४. लर्निङ डाेमेन ड्रिभन डिजाइन (Learning Domain Driven Design)
सफ्टवेयर विकास एक कठिन काम हाे । तर याे पुस्तकले तपाईंकाे त्याे अफ्ठ्याराे हटाउँछ ।
किनकि यस पुस्तकले तपाईंलाई व्यापार डोमेनहरूकाे विश्लेषण गर्न, व्यापार रणनीति बुझ्न, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, सफ्टवेयर डिजाइनलाई यसको व्यावसायिक आवश्यकताहरूसँग पङ्क्तिबद्ध गर्नको लागि मुख्य ढाँचा, सिद्धान्त र अभ्यासहरूको सेट प्रदान गर्दछ ।
यस पुस्तकबाट हामीले निम्न कुराहरु सिक्न सक्छाैँ ।
- समूहमा धेरै जनासँग काम गर्नसक्ने बन्न
- तपाईंले बनाउने बिजनेस डाेमेनबारे साझा धारणा बनाउन
- विस्तारै डीडीडीबाट ब्राउनफिल्ड प्राेजेक्टहरूसँग परिचित हुन
भ्लाद खोनोनोभले सन् २०२१ मा लेखेका यस पुस्तकलाई ओ’राइली मिडिया इन्कले बजारमा ल्याएकाे हाे ।
५. इफेक्टिभ जाभा (Effective Java)
यस पुस्तककाे अध्ययनपछि तपाईंले पाइथनमा डेटासेटहरु म्यानिपुलेट, प्राेसेसिङ, क्लिनिङ र क्रञ्चिङ गर्न सिक्नुहुने छ ।
साथै तपाईंले पान्डाज, नमपाइ, आईपाइथन र जुपाइटरका नवीनतम कुराहरु सिक्न सक्नुहुन्छ ।
यस पुस्तकले निम्न कुरा सिक्न मद्दत गर्दछ ।
- फङ्गसनल इन्टरफेसहरु, ल्याबदा एक्सप्रेसन, मेथड रिप्रेन्सेस र स्ट्रिम
- इन्टरफ्रेसमा भएका डिफल्ट र स्टाटिक मेथडहरु
- टाइफ इन्टरफेस, जेनेरिक अपेरेटरका लागि डाइमण्ड अपरेटरहरु
याे पुस्तकलाई सन् २०१७ मा एडिसन-वेस्ले प्रोफेसनल प्रकाशन गृहले बजारमा ल्याएकाे थियाे भने जोशुआ ब्लोचले लेखेका हुन् ।
from Tech News Nepal https://ift.tt/QLdbcJF
via IFTTT
Comments
Post a Comment