आईफोन १४ ले फोरजी र फाइभजी नेटवर्क नभएका स्थानमा स्याटेलाइटमार्फत काम गर्ने

काठमाडौं । एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखमा आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ । फोन सार्वजनिक हुने मिति तय भएपनि आईफोन १४ मा उपलब्ध हुने फिचरबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन् । यस्तोमा फोनमा उपलब्ध हुने विभिन्न फिचरबारे अनुमान गर्ने क्रम चलिरहेको छ ।

यसैबीच नयाँ आईफोनले स्याटेलाइट नेटवर्क समेत सर्पोट गर्ने जानकारी बाहिरिएको छ । यसको अर्थ फोरजी, फाइभजी जस्ता सेलुलर नेटवर्कले काम नगर्ने स्थानमा स्याटेलाइट नेटवर्कले काम गर्नेछ ।

यसले नेपाल जस्तो भौगोलिक रुपमा विकट देशहरूमा गाउँगाउँसम्म फोन तथा इन्टरनेट सेवा सहजै उपलब्ध हुनेछ ।

त्यो भन्दा यो फिचर प्राकृतिक विपत्‌को समयमा सबैभन्दा बढी प्रभावकारी हुने अनुमान गरिएको । प्राकृतिक विपतले दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा स्याटलाइट कनेक्सन मार्फत सम्पर्क स्थापित गर्न सकिन्छ ।

साथै कतै घुम्न गएको अवस्थामा हराउँदा अथवा नेटवर्क नभएर हुने सक्ने जोखिमलाई न्यूनिकरण गर्न यो फिचर निकै फलदायक हुने अनुमान गरिएको छ ।

अघिल्लो सातामात्रै एलन मस्कको कम्पनी स्पेसएक्सले मोबाइल स्याटेलाइट इन्टरनेट सेवाको सुरुवात गरेको थियो । त्यो हुँदा सोही स्याटेलाइट मार्फत पनि आईफोनले काम गर्न सक्ने अनुमान गरिएको छ ।   



from Tech News Nepal https://ift.tt/gGTyH1L
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प