फेसबुकमा ‘मेयर उपमेयर हराएको’ भन्दै पोस्ट गर्ने युवा पक्राउ
बिर्तामोड । सामाजिक सञ्जालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुँवरले बताए ।
आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
शनिबार राति मेयर पवित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर, उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।
बिमली दमकमा आईटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ ।
-गाेरखापत्र
from Tech News Nepal https://ift.tt/CSpiusn
via IFTTT
Comments
Post a Comment