भारतका १३ सहरबाट सुरु हुँदै फाइभजी
काठमाडौं । भारतमा चाँडै फाइभजी सेवा सुरु हुने अनुमान गरिएको छ । सरकारले बोलकबोलमार्फत फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराएसँगै भारतका दुई ठूला दूरसञ्चार कम्पनी रिलायन्स जियो र एयरटेल फाइभजीको व्यवसायीक सुरुवातका लागि तयार भएका छन् । एयरटेलले यसअघि नै अगस्टबाटै फाइभजी सेवा सुरु गर्ने जनाएको थियो ।
यस्तोमा सबैभन्दा बढी फ्रिक्वेन्सी हात पारेको अर्को दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियो पनि सोही अनुरूप आफ्नो तयारी गरिरहेको जनाइएको छ । यही महिनाको सुरुवातमा ७००, ९००, १८००, २४००, २१०० मेगाहर्ज ब्याण्डमा कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सनमा राखिएको थियो ।
त्यसमध्ये जिओले कुल २४ हजार ७४० मेगाहर्ज, एयरटेलले १९ हजार ८६७.८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८.४ र अदानी इन्टरप्राइजेजले ४०० मेगाहर्ज फ्रिक्वेन्सी हात पारेका थियो ।
एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्य बराबरको फ्रिक्वेन्सी हात पारेका छन् । यस्तै, अदानी डाटा नेटवर्कस्ले जम्मा दुई करोड ७० लाख डलरको फ्रिक्वेन्सी खरिद गरेको छ ।
यस्तोमा अब फाइभजीको सुरुवात भारतको कुन सहरबाट हुनेछ भन्ने कुरा धेरैका लागि चासो छ । भारत सरकारले जारी गरेको फ्रिक्वेन्सी प्रतिवेदन अनुसार फाइभजी चरणवद्ध रुपमा विस्तार हुनेछ ।
पहिलो चरणमा अहमदाबाद, बैंगलोर, चण्डीगढ, चेन्नाई, दिल्ली, गान्धीनगर, गुरुग्राम हैदराबाद, जामनगर, कोलकता, लखनऊ, मुम्बई र पुणे गरी कुल १३ मुख्य सहरबाट फाइभजी सेवा सञ्चालनमा आउने जनाइएको छ ।
from Tech News Nepal https://ift.tt/BzCgr6V
via IFTTT
Comments
Post a Comment