सीजीनेटको आईपीटिभी सेवा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । सीजीनेटमा अब इन्टरनेटसँगै आईपीटिभी पनि उपलब्ध हुने भएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि ‘सीजीनेट जोडी’ नामक अफर अन्तर्गत इन्टरनेट र आईपीटिभी सेवा ल्याएकाे घोषणा गरेको छ ।

कम्पनीले एक कार्यक्रम आयोजना गर्दै यस अफर अन्तर्गत तीन ओटा प्याकेज सार्वजनिक गरेको छ । उक्त प्याकेजमा ‘स्प्रिन्टर जोडी’, ‘पपुलर जोडी’ र ‘रकस्टार जोडी’ रहेका छन् ।

‘स्प्रिन्टर प्याकेज’ अन्तर्गत ८० एमबीपीएस इन्टरनेट सहितको आईपीटिभीको मासिक शुल्क ८१० रुपैयाँ ताेकिएकाे छ ।

त्यस्तै ‘पपुलर प्याकेज’ अन्तर्गत १५५ एमबीपीएस इन्टरनेट सहित आईपीटिभीको मासिक शुल्क १०५५ रुपैयाँ निर्धारण गरिएकाे छ ।

अर्काे प्याकेज ‘रकस्टार जोडी’को ३०५ एमबीपीएस इन्टरनेटसहित आईपीटिभीको मासिक शुल्क १३७४ रुपैयाँ तोकिएको छ ।

यसैगरी ‘स्प्रिन्टर प्याकेज’को त्रैमासिक शुल्क २,६४० रुपैयाँ, ‘पपुलर प्याकेज’को १२,६६० रुपैयाँ र रकस्टार जोडी प्याकेजको १६,४८८ रुपैयाँ तोकिएको छ ।

वार्षिक सब्सक्रिप्सनका लागि भने ‘स्प्रिन्टर जोडी’को ९७२० रुपैयाँ, ‘पपुलर जोडी’को १२,६६० रुपैयाँ र रकस्टार जोडीको १६,४८८ रुपैयाँ शुल्क तोकिएको छ ।

कम्पनीले उपलब्ध गराउने आईपीटिभीमा १२५ एचडी च्यानलसहित कुल २५७ ओटा टिभी च्यानल रहेका छन् । यसै क्रममा कम्पनीले ‘सीजीनेट ग्रान्ड जोडी अफर’ पनि घोषणा गरेको छ ।

यस अन्तर्गत प्रयोगकर्ताले ‘सीजीनेट जोडी’ प्याकेज सहित सीजीको टेलिभिजन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ८० एमबीपीएस इन्टरनेट र आईपीटिभीको प्याकेजमा ४३ इन्चको टिभी ३५,९९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।

८० एमबीपीएस इन्टरनेट र आईपीटिभी सहितको प्याकेजमा ३२ इन्चको टिभी खरिद गर्दा ग्राहकले २५,४९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् ।

प्रयोगकर्ताले यो ग्रान्ड जोडी अफर सीजीनेटको कुनै पनि पसल, सीजीनेट वेबसाइट, फोनकल अथवा दराजबाट खरिद गर्न सकिनेछ । 



from Tech News Nepal https://ift.tt/bT1ueJI
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प