किसानलाई मलखादमा ठग्ने, कृषि सहकारीका सञ्चालक पक्राउ, मलखाद नियन्त्रण

वीरगंज, १५ भदौ । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले कालो बजारी गर्नको लागि भण्डारण गरी राखेको २०९ बोरा मलखाद सहित कृषी सहकारी संस्थाका संचालकलाई पक्राउ गरेको छ । 
भदौ १३ गते बिहान ८ः०० बजेको समयमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.२३ स्थित श्री कुश कृषि सहकारी संस्था लि.ले नेपाल सरकारबाट कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरेको उजूरीको आधारमा पक्राउ सञ्चालक अरूण कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । 
महागढीमाई नगरपालिका वडा नं.२ मैनी टोल बस्ने गगनदेव प्रसाद कुशवाहाले उक्त सहकारीमा मलखाद खरिद गर्न जाँदा निजसँग १ बोरा डिएपी मलको रु दुई हजार आठ सय लिई मल बिक्री गरी कालो बजारी गरेको आरोपमा सञ्चालक अरुणलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । 
गगनदेव प्रसाद कुशवाहाले जिप्रका बारामा उजूरी दिएपछि प्रहरी टोलीले उक्त सहकारीको गोदाम घर भित्रबाट स्टोर गरी राखेको अवस्थामा डिएपी मल ११८ बोरा, युरीया मल २९ बोरा, पोटास मल ६१ बोरा, खेती शक्ति मल लेखिएको फसफेट १ बोरा  र खुल्ला अवस्थामा रहेको युरीया मल ३८ किलो, डिएपी मल २७ किलो र पोटास मल २५ किलो बरामद गर्नुको साथै अनुसन्धानको लागि सहकारीका सञ्चालक एवं अध्यक्ष अरूण कुशवाहालाई पक्राउ गरेको जनाएको छ । 
कुशवाहामाथि कालो बजार सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय बाराबाट प्रहरी हिरासतमा राख्नको लागि पहिलो पटक दिन १० को म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जनाएकोछ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प