१०२ मा कल गरेर डेङ्गु सङ्क्रमितले निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । पछिल्लो समय डेङ्गु रोगका बिरामी बढ्दै गएपछि महानगरले यस्तो निर्णय गरेको हो ।

यस रोगका सङ्क्रमितले १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्नसक्ने जनाइएकाे छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डेङ्गु सङ्क्रमित बिरामीलाई निःशुल्क एम्नुलेन्स सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

त्यस्तै महानगरले डेङ्गु रोगको परामर्शका लागि चाैबिसैं घण्टा हटलाइन सेवा सुरु गरेको छ ।

कुनै पनि व्यक्तिलाई डेङ्गु लागेको छ वा डेङ्गु सङ्क्रमणका केही लक्षण देखिएका छन् भने ११८० मा कल गरेर स्वास्थ्यकर्मीबाट निःशुल्क परामर्श लिन सक्नेछन् ।



from Tech News Nepal https://ift.tt/3WFX4YN
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प