आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ?

काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएको केही समय पनि नबित्दै बजारमा आईफोन १५ को चर्चा सुरु भएको छ ।

फोर्ब्सले हालै प्रकाशित गरेको एक लेखमा आईफोन १५ का सम्भावित विवरण उल्लेख गरिएको छ ।

आईफोन १४ सार्वजनिक भएको एक हप्तामात्रै भयो । यद्यपि कम्पनीले आईफोन १५ को लागि पहिलेदेखि नै काम गर्न सुरु गरिसकेको थियो ।

फोर्ब्समा उल्लेख भएअनुसार आईफोन १५ प्रो र १५ प्रो म्याक्समा ए१७ चिप प्रयोग हुनेछ ।

ए१५ र ए१६ को तुलनामा ए१७ निकै नै शक्तिशाली हुने अनुमान गरिएको छ । ए१७ एप्पलको पहिलो ३ नानोमिटरको प्रोसेसर हुनेछ ।

यसले मोबाइलको पर्फर्मेन्स र ब्याट्री क्षमतालाई उत्कृष्ट बनाउने बताइएको छ ।

यद्यपि यो सुविधा प्रो मोडलका प्रयोगकर्ताले पनि अनुभव गर्न पाउनेछन् ।

यसबीच आईफोन १५ लाई लिएर अन्य धेरै विवरण पनि बाहिरिएका छन् ।

केही बजार विश्लेषकले आईफोन १५ फोल्डेबल हुने पनि अनुमान गरेका छन् । योसँगै आईफोन १५ मा टेलिफोटो क्यामेरा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।



from Tech News Nepal https://ift.tt/w9B6sVA
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प