गुणस्तरहीन घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी, ठूलो परिणमा घ्यू बरामद

वीरगंज, ६ असोज । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले गुणस्तरहीन घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरी तयारी घ्यू १६ सय लिटर र कच्चा पदार्थ १५० लिटर नियन्त्रणमा लिएको छ । 
बुधवार दिउँसो जिल्ला बारा फेटा गाउँँपालिका वडा नं.२ जगतपुर टोल स्थितमा संचालित गहवामाई वेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा गुणस्तरहिन घ्यू उत्पादन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, बारा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि र नेपाल प्रहरीको संयुक्त अगुमन टोलीले छापामारी गरेको थियो । 
उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुँदा स्थानीय प्रतिनिधि समेतको रोहबरमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । 
प्रहरीले गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर), रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर), माँ लक्ष्मी लेखिएको १ लि.को १८ बट्टा (१८ लिटर), सर्टेनिङ लेखिएको ८० कार्टुन बेकरी ( १६०० लिटर) तयारी घ्यू र घ्यू तयारको लागि राखिएको प्रति ५० लिटर भएको ३ ड्रम कच्चा पदार्थ (१५० लि.) कच्चा पदार्थ नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प