वीरगंजबाट फलास खेल्ने पांचजना ९३ हजारसहित पक्राउ

वीरगंज, १४ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय, पर्साले  जुवा खालबाट जुवा तास खेल्ने पांचजनालाई पक्राउ गरेको छ ।
कात्तिक १३ गते रातिको समयमा  वीरगंज महानगरपालिका वडा न.८ गहवास्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा फलास खेलीरहेका पांचजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
जि.प्र.का. पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फलास खेलिरहेको अवस्थामा ९३ हजार एक सय पचास रुपियाँ र एक सेट तास सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले वीरगंजका विभिन्न वडामा बस्ने अशोक कुमार कानु , दिप लाल चौरसिया, अर्जुन तुरहा, सानु शाही र रमेश खड्गी रहेको र उनीहरुलाई कानूनको रीत पुरयाई अनुसन्धान भैरहेको जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प