मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

वीरगंज, ६ कात्तिक । 
बारा जिल्लाको बिभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा
जिप्रका, बाराले तीनजनालाई पक्राउ गरेको छ । 
मोटरसाइकल चोरीको आरोपमा कलैया उपमहानगरपालिका वडा नं.८ बस्ने वर्ष २२ को सोहेल अंसारीलाई कात्तिक २ गते पक्राउ गरेको छ । उनले कलैया बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको  पल्सर मोटरसाइकल चोरी गरेका थिए । सो मोटरसाइकलको पार्टसहरू आफनै घरमा खोलेर अर्काे मोटरसाइकलमा फिट गर्न राखेको अवस्थामा प्रहरीले अन्सारीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । 
यसैगरी छुट्टा छुट्टै मिति र स्थानमा थप ५ थान चोरीको मोटरसाइकलसहित र २ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । 
प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.३ बैजनाथपुर टोल बस्ने वर्ष २० को राकेश प्रसाद यादव, बारागढी गाउँँपालिका वडा नं.४ बस्ने वर्ष २४ को रामकिशोर हजरालाई पक्राउ गरेको जनाएको छ । 
उनीहरुको साथबाट प्र.२–०३–००९ प ६८९४, ना ३५ प १३७२ र एउटा भारतीय नम्बरको मोटरसाइकल बरामद भएको जिप्रका, बाराले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प