वीरगंजमा मैत्री क्रिकेट प्रतियोगिता शुरु

वीरगंज, ११ मंसिर ।
नव जनकल्याण  युवा संजाल छपकैया, वीरगंज–३ ले मैत्री क्रिकेट प्रतियोगिता शुरु गरेको छ । शनिवारदेखि शुरु भएको सो प्रतियोगिता १७ गतेसम्म सञ्चालन रहने आयोजकले जनाएको छ ।
क्रिकेट प्रतियोगितामा राधेमाई क्रिकेट क्लब, मुर्ली डिभाइन विज्डम, वीरगंज लाइफ इन्स्योरेन्स कम्पनी, छपकैया–३ टीम, सेभेन स्टार टीम प्रगतिनगर, अशोकवाटिका राहुन–११, घर आँगन बचत तथा सहकारी संस्था, घडीअर्वा–१० टीम, ग्यालेक्सी सेकेन्ड्री स्कूल, त्रिजुद्ध +२ टीम छपकैया, प्रगतिनगरको राजीव–११, एक्सपर्ट कन्सलटेन्सी सहभागी छन् ।
प्रतियोगिताको प्रायोजकमा क्वेष्ट फार्मेसी एक्सपर्ट कन्सलटेन्सी एन्ड रिसा सर्भिस रहेको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ३ का अध्यक्ष्F बैजुलाल स्वर्णकार, जनकल्याण संजालका अध्यक्ष्F महम्मद सगीर अलि, वीरेन्द्र साह हिटलर, किरण सत्याल, सन्नी महतो, कलाम ठकुराई, हरिशंकर यादव, दिलखुस देवान, अमित सिंह राजपूत, विक्की राज पटेललगायतको सहभागिता थियो।
प्रतियोगितामा विजेता टीमलाई ५० हजार र उपविजेता टीमलाई २० हजार नगदसहित प्रमाणपत्र, मेडल, शिल्डसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प