वीरगंज–२६ का आँखा बिरामीको निःशुल्क अपरेशन, कम्बल वितरण

वीरगंज, १८ माघ ।
वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीका वडाअध्यक्ष  शम्भु मिश्रको पहलमा आँखाको बिरामी भएका वडावासीको निःशुल्क आँखा परीक्ष्Fण तथा अपरेशन गरिएको छ।
बुधवार वीरगंजको आइ फाउन्डेशनमा वडावासीका आँखा बिरामीह?को निःशुल्क अपरेशन गरिएको वडाध्यक्ष शम्भु मिश्रले जानकारी गराएका छन् । अपरेशन भएपछि वडावासीलाई उनले खाना समेत खुवाएका थिए । साथै वडाध्यक्ष शम्भु मिश्रले आंखाको अपरेशन भएका वडावासीलाई न्यानो कम्बल पनि वितरण गरेका थिए ।  
आइवार वीरगंज महानगरपालिका–२६ सुगौलीमा निःशुल्क आँखा चेकजांच शिविर आयोजना गरिएको थियो । सो शिविरमा मोतियाबिन्दु भेटिएका बिरामीह?को आज माट्रिका आइ फाउन्डेशनमा निःशुल्क अपरेशन गरिएको समाजसेवी ओमप्रकाश यादबले जानकारी गराएका छन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प