आन्तरिक राजस्व विभागको नक्कली स्टिकरसहित दुईजना पक्राउ

वीरगंज, १८ पुस ।
जिल्ला प्रहरी कार्यालय, पर्साले आन्तरिक राजस्व विभागको नक्कली स्टिकरसहित दुईजनालाई पक्राउ गरेको छ ।
बारा विश्रामपुर गाउँपालिका वडा नं.५  घर भई हाल हाल वीरगञ्ज महानगरपालिका वडा नं. १५ त्रिशुल चोक बस्ने वर्ष २७ को मनिष कुमार साह तेली र वर्ष २५ को रंजन कुमार रामलाई प्रहरीले गोप्य सूचनाको आधारमा वीरगंज–१६ बाट पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
उनीहरुको साथबाट आन्तरिक राजश्व विभागको लिक्युर २५ युपी ३७५ एमएल लेखिएको स्टिकर ३९ वटा र छायाकपी पाना फेला परेको प्रहरीले जनाएको छ । प्र.२–०३–००८ प २६६९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेका यी दुवैजनालाई आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकर गोजीमा लुकाएर वीरगंज आउनेक्रममा पक्राउ गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थमाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प