ठूलो परिमाणमा गुणस्तरहीन र मिसावटयुक्त घ्यूसहित एकजना पक्राउ
वीरगंज, २२ पुस । ठूलो परिमाणमा गुणस्तरहीन र मिसावटयुक्त घ्यूसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
२०७९ पुस २२ गते वीरगंज म.न.पा. वडा नं. १६ बाट ४४ वर्षीय राजेश कुमार रायलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । सर्लाही विष्णु गाउंपालिका वडा नं.८ बत्रौल गाउँँ बस्ने राजेश कुमार रायले वीरगंज–१६ मा श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० के.जी.का तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २२६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६१३ लिटरसहित रायलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले नापतौल गुणस्तरीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय पर्सासंग समन्वय गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment