निस्सासिएर पर्सामा दुईजना भारतीयको मृत्यु

वीरगंज, २७ पुस ।
जिल्ला प्रहरी कार्यालय, पर्साले पर्सा जिल्लामा निसासिएर २ जना भारतीय नागरिकको मृत्यु भएको जनाएको छ ।
आज बिहान १० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपोमा निस्सासिएर भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने वर्ष २९ को पबित्र गिरी र  भारत बस्ने  सोही डिपोको म्यानेजर वर्ष ३० को मिथलेश यादवको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स (कोईला डिपो) को रेखदेख गर्ने उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठा भित्र झ्याल ढोका बन्द गरी सुतेकोमा बिहान १०ः०० बजेसम्म उनीहरु नउठ्दा स्थानीय र प्रहरी समेतको टोली पुगी ढोका फोडेर भित्र प्रवेश गरी हेर्दा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तगारमा पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेकोमा अक्सिजनको कमी भई निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
मृतकको शव नारायणी अस्पतालमा राखी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प