पर्सामा सात हजार करदाता थपिए

वीरगञ्ज, २६ माघ  
चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्पm पाँच हजार पाँच सय ९२, आयकरतर्पm एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्पm पाँच सय २२ तथा अन्तःशुल्कतर्पm एक सय ३३ करदाता थपिएका छन् । योसँगै पर्सामा करदाताको संख्या एक लाख २४ हजार तीन सय पाँच पुगेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो । पर्सामा प्यानतर्पm सबैभन्दा बढी ७९ हजार २३, आयकरतर्पm ४० हजार चार सय १०, मूल्य अभिवृद्धि करतर्पm १० हजार एक सय ३६ तथा अन्तःशुल्कतर्पm एक हजार नौ सय ५१ करदाता रहेका छन् ।  
यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आव २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालु आव २०७९/८० को छ महिनाको अवधिमा रू चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६६ दशमलव ६१ प्रतिशत अर्थात रू तीन अर्ब १५ करोड १६ लाखमात्र सङ्कलन भएको छ ।
चालु आवको छ महिनामा अन्तःशुल्कतर्पm रू एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्पm रू एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्पm रू ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकरतर्पm रू दुर्ई करोड ४० लाख २३ हजार र घरबहाल करतर्पm रू दुर्ई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्धलगायतका कारणले राजस्व सङ्कलन घटेको क्षेत्रीको भनाइ छ । आव २०७८/७९ मा सो कार्यालयले रू नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात रू आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार सङ्कलन गरेको थियो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प