विदेशी कुकुरलाई काखा, सामुदायिक कुकुरलाई पाखा भन्दै प्रदर्शन

वीरगंज, १७ फागुन । विदेशी कुकुरलाई काखा, सामुदायिक कुकुरलाई पाखा प्लेकार्ड बोक्दै आज बुधवार पशु अधिकारकर्मीहरूले वीरगंजमा प्रदर्शन गरेका छन्।
वीरगंजमा भुस्याहा कुकुर नियन्त्रण गर्नु पर्नेमा निर्मम रूपमा हत्या गरिएको भन्दै सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाइमा पशु अधिकारकर्मीहरूले विरोध ¥याली प्रदर्शन गरेका हुन् । वीरगंजको घण्टाघर चोकबाट निस्किएको विरोध र्रुयालीले नगर परिक्रमा गरेको थियो । पशु अधिकारकर्मीहरूले अज्ञात समूहले मारेका कुकुरहरूको तस्बिरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण पनि गरेका थिए ।
विरोध र्रुयालीमा सहभागी पशु अधिकारकर्मीहरूले कुकुर मार्ने अभियान बन्द गर, कुकुर हाम्रो संरक्षक हो, निरीह कुकुरलाई मार्न पाइँदैन, निरीह कुकुरलाई मार्नु कुनै पुरूषार्थ होइन, निरीह कुकरलाई मार्नु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
विगत केही समय देखि वीरगंजमा कुकुरहरू मार्ने अभियान चलाइएपछि त्यसको विरोधमा वीरगंज महानगरपालिका लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन शान्तिपूर्ण विरोध र्रुयालीको आयोजना गरिएको सुमार्ग बिन्दु आमा फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरालाले बताउनु भयो ।
सडकका कुकुरहरू मार्ने अभियान वीरगंज महानगरपालिकाले चलाएको आशÍा गरिए पनि यसको पुष्टि भने भई नसकेको कोइरालाले बताउनु भयो । वीरगंज महानगरमा क्षेत्रमा अहिले १० हजार भन्दा बढी भुस्याहा कुकुर रहेका छन् ।  
भुस्याहा कुकुर आतङ्कको कारण  साँझ बिहान वीरगंजका सडकमा हिँडडुल गर्न समेत गाह्रो भएको छ । वीरगंज महानगरपालिकालाई चौतर्फी रूपमा भुस्याहा कुकुर नियन्त्रण गर्न दबाब परेको छ ।
महानगरपालिकाले भुस्याहा कुकुर नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण अर्थात परिवार नियोजन गर्ने रणनीति अगाडी बढाउन पशु चिकित्सकहरूसँग परामर्श समेत गरेको छ ।
भुस्याहा कुकुरबाट आजित भएका नगरवासीले नै कुकुरलाई विष हालेर मारेको हुन सक्ने नगरपालिका श्रोतले जनाएको छ ।

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प