पर्सामा ठूलो परिमाणमा गाँजा र चरेससहित चारजना पक्राउ

वीरगंज, २७ चैत ।
पर्सा प्रहरीले ठोरी गाउँपालिका र पटेर्वासुगौली गापाबाट ठूलो परिमाणमा गाँजा र चरेससहित चारजनालाई पक्राउ गरेको जनाएको छ ।
चैत २६ गते पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरीयास्थित प्रदेशी राउतको घरमा प्रहरीले छापामारी गरेको थियो । प्र.नि. प्रज्वल थपलिया र वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि. आशुतोष शाहीको कमाण्डमा खटेको प्रहरीले छापामारी गर्ने क्रममा चरेश ११८ के.जी. र गाँजा ४ के.जी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागु औषध, ओसारपसार तथा किनबेच संलग्न रहेको आरोपमा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने वर्ष अं. ६० को प्रदेशी राउत थारू, मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान, मकवानपुर मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई पक्राउ गरेको छ ।
यसैगरी चैत २४ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगरबाट ढेडु खोलाको बाटो हुँदै सेतो बोरा बोकी आउँदै गरेका चितवन लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को रामबहादुर तामाङलाई  चेकजाँच गर्दा सेतो रड्ढो बोरा भित्र रातो र पहेंलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा गाँजा ६१ के.जी. बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट चारदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प