ठोरीमा आंतक मचाउने बाघ नियन्त्रण

वीरगंज, २२ चैत ।
ठोरीमा आतंक मच्चाउने बाघलाई गएराति पौने १ बजे नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली, डाक्टर, सुटर, पर्सा राष्ट्रिय निकुञ्जका टोली, सेनालगायतको सक्रियतामा कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पुल्चोक सामुदायिक वनबाट नियन्त्रणमा लिएको हो ।
ठोरी गापा वरपरमा सो बाघले केही दिनदेखि निकै आंतक मच्चाउँदै आइरहेको थियो । सरोकारवालाको निकै दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिएको उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले बताएका छन् । 

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प