भारतीय युवकको हत्या

जनकपुरधाम   २८ वैशाख  । सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।

बुधबार साँझ करिब ६  बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दए ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प