बेरिङ लोड गरेको ट्याक्टर नियन्त्रण

वीरगंज, २ जेठ ।
 
बिलबिजकभन्दा बढी बिभिन्न किसिमका बेरिङ्गहरूसहित ट्याक्टर नियन्त्रणमा लिइ कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
 
वडा प्रहरी कार्यालय श्रीपुरले सोमवार साँझ वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डबाट भारतीय नम्बरको ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी बेरिङ्गहरू देखिएपछि नियन्त्रणमा लिएको छ । 

बरामद बेरिङ र ट्याक्टर कारबाइको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिप्रका, पर्साले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प