भारु एक लाख ७३ हजारसहित एकजना पक्राउ

वीरगंज, ९ जेठ ।

 
प्रतिबन्धित भारतीय नोट रु एक लाख ७३ हजारसहित एकजना पक्राउ परेका छन् ।

 
वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोक सडकखण्डमा प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंज बजार आउंदै गरेका एकजनालाई प्रतिबन्धित भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 
ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाइकलमा आइरहेका बारा कलैया उ.म.न.पा.वडा नं.१८ मोतिसर टोल बस्ने वर्ष ५४ को मेहीलाल प्रसाद साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले पछाडी भिरेको नेवी ब्लु रंगको झोलाभित्र लुकाएको भारतीय रू.५००।– दरका नोट ३४६ थान, रू.२००।– दरका नोट ३ थान र रू.१००।– का नोट ३ थान गरी जम्मा भारतीय रू. एक लाख तिहत्तर हजार नौ सय प्रतिबन्धित भारुसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

 
उनलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा जिप्रका, पर्साले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प