आन्दोलनका कारण मालपोत, कार्यालय बाराको काम प्रभावित

बारा २ जेष्ठ ।

लेखापढी कानुन व्यवसायीहरूले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएको छ ।

लेखापढी कानुन व्यवसायीहरूले पेन डाउन गरेपछि कार्यालयमा आउने सेवाग्राहीहरूको अनलाइन फर्म भरी दिने  कोही नभएपछि कार्यालयमा कर्मचारीहरू बसेपनि काम भने हुन सकेका छैन । जसका कारणले सेवाग्राहीहरूलाई मर्का परेको छ ।

भूमि सुधार तथा व्यवस्थापन विभागले मालपोतलाई बाँकी तालिम दिन निर्देशन दिएपनि मालपोत कार्यालयले अहिलेसम्म तालिम नै नदिई लेखापढी कानुन व्यवसायीहरूलाई काम गर्नेबाट वञ्चित गराउने उद्देश्यका साथ जेष्ठ १ गते देखि भू–सेवा सञ्चालनमा ल्याएको हुँदा ५४ जना लेखापढी कानुन व्यवसायीहरू मर्कामा परेको हुँदा आफूहरूले म्याद थपका लागि र तालिम दिनका लागि आन्दोलन गरिरहेको लेखापढी कानुन व्यवसायी संघ बाराको अध्यक्ष बृजकिशोर यादवले भन्नुभयो ।

मालपोत कार्यालयले पुस महिनामा भू– सेवा सञ्चालन गर्नका लागि सूचना प्रकाशित गरेको हुँदा लेखापढी कानुन व्यवसायीहरूले रु ५३ हजार धरौटी राखी अनलाइन फर्म भरेको भएपनि चैत्र १८ गते मात्र विभागले एक दिनको तालिम मात्र दिई झारो टार्ने काम गरेको थियो व्यवसायीहरूको आरोप रहेको छ ।

भू–सेवा आर्थिक वर्षको श्रावण १ गते देखि लागु गर्ने माग गरेको छौ भन्दै अध्यक्ष यादवले माग पुरा नभए कामकाज पुर्णरुपमा ठप्प गर्ने चेतावनी समेत दिएका हुन ।  तर मालपोत कार्यालयका प्रमुख सुमन चौधरीले लेखापढी कानुन व्यवसायीहरूले जेठको १ गते देखि सेवा सुचारु गर्न दुई पक्ष बिच सहमतिमा हस्ताक्षर समेत गरिसके अवस्थामा आफूले गरेको सहमतिबाट लेखापढी व्यवसायीहरूले पन्छिरहेको बताउनुभयो ।

वैशाखको ३ गते नै सेवा सुचारु गर्न मालपोत कार्यालयले तयारी गरेपनि लेखापढी व्यवसायीहरूको विरोधका कारण सेवा सञ्चालनमा आउन सकेका छैन, प्रमुख चौधरीले भन्नुभयो ।  

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प