बसको झ्यालबाट टाउको निकाल्दा पिकअपले ठक्कर दिएपछि बारामा एकजनाको मृत्यु

जीतपुर, २९ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।

वीरगंजबाट काठमाडौंतर्प जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २–३ –००१ च २४५२ नम्बरको पिकअपले ठक्करबाट दिदा ५२ वर्षीय महतोको मृत्यु भएको हो ।

पिकअपले बसलाई ठक्कर दिदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटनालगतै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पथलैया–वीरगंज व्यापारिक मार्ग अन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प