आगलागीमा एकै परिवारका चारजना घाइते

बारा, १ जेठ ।
आदर्शकोतवाल गाउँपालिका–१ च्यूटाहामा एकजनाको घरमा आइतवार राति आगलागी हुँदा परिवारका चार जना जलेर घाइते भएका छन ।
घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप जलेर घाइते भएका हुन् । उनीहरूको नारायणी अस्पताल, वीरगंजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरूषोत्तम पाण्डेले घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको बताए । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा आगलागी हुँदा सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट ४ लाख १० हजार बराबरको क्षति भएको छ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प